गायिका अस्मिता डल्लाकोटी र बिशाल रायमाझी ६ महिनापछि नेपाल आए
गायिका अस्मिता डल्लाकोटी र गायक बिशाल रायमाझी ६ महिनाको बेलायतमा सांगीतिक कार्यक्रम सकेर हालै नेपाल फर्केका छन।
बिशाल रायमाझी भन्ने बित्तिकै सबैले रुचाइएका लोकदोहोरी कालाकार हुन, जसका कारण उनलाई बेलायतमा रहेका धेरै नेपालि दाजु भाई अनि दिदि बहिनीले उनको माग गरे संगै उनलाई बेलायतको विभिन्न सहरमा कार्यक्रमको लागी भनेर ६ महिनाको लागी बोलाइएको थियो। उनि संगै लोक दोहोरी गायिका अस्मिता डल्लाकोटि समेत उनि संगै बेलायतका विभिन्न सहरहरुमा हुने कार्यक्रम संगै दर्शक हरुलाई मनोरंजन दिएका थिए।
६ महिनाको लागी युके जादै गर्दा आफुहरु पनि पहिलो पटक विदेशको यात्रा साथै लामो समयको बसाई हुने भएकोले दुबै गायक गायिका रुदै गएका थिए।
करिब ६ महिना पछि नेपाल फर्किदै गर्दा मनका केहि खुसी र केहि बिदेशमा रहेका अनि ६ महिना सम्म संगै रहेका साथी हरुलाई छोड्नु पर्दाको मनको कुरा बिशाल रायमाझीले यसरी राखेका छन - 'हिजो जस्तै लाग्छ दिदी बैनी अनि आफन्त साथिभाइहरु संग एअरपोर्टमा रुदै छुट्टिएको, कत्ति छिट्टै युके को ६ महिनाको बसाइ पनि सकियो पत्तै भएन'।
दोहोरी गायक बिशाल रायमाझी र उनको बहिनी तथा मोडेल एलिना रायमाझी संग गरिएको रमाइलो कुराकानी।
Dohori Singer Bishal Rayamajhi Interview
Video Source: Megastar TV