शिव परिवारको 'मेरो मायाले' - Kathmandu Daily

शिव परिवारको 'मेरो मायाले'



'तिम्लाई हुन्छ हुदैन मेरो मायाले छुन्छ छुदैन' भन्ने गीत सेप्टेम्बर ७ तारीक बिहीबार को बेलुकी पारेर रिलीज गरिएको छ । मैले अपलोड भएको १७औ घण्टामा भिडीयो हेर्दा साठी हजार भ्यु क्रस भैसकेको छ भने आज शुक्रबार परेको कारण खाडी मलेसीया लगायतबाट युट्युव हेर्ने दर्शक हरुले आज दिनभरी भिडीयो हेर्नेछन । अहिले सम्मको भ्यु अर्गानीक हो भने २४ घण्टामा यो गीतको भ्यु १ लाख तिस हजार माथी नै पुग्नेछ ।

अत्याधिक नयाँ प्रविधीको प्रयोगले शिव परियारको असली स्वरको स्वादमा बानि परेका दर्शक हरु भ्रममा पर्ने सम्भावना देख्छु । ठाँउ ठाउँमा शिव परियारको रियल स्वर लाई बटारेर नयाँ पुष्ता लाई मन पर्ने खालको बनाईएको छ । नयाँ पुष्ता (Teen agers) हरुलाई फोकस गरेर बनाईएको यो भिडीयो त्यो समुहले पक्कै मन पराउछ ।

लोकलयलाई पप शैलीमा गाईएको गीतको सुरुवात (काष्टीङ) को समयमा दिईएको म्युजीक कर्कस सुनिएको छ । डान्सर हरुको अनुहार संगै दिईएको धुन कत्ती कर्णप्रिय छैन । टिन एजरले नै मन पराउलान भनेर 'टम एण्ड जेरी' कार्टुन सिरीजको जस्तै हार्डकोर साउण्ड हाल्दा सुरुवाती १० सेकेण्ड विताउन मलाई निकै गाह्रो अनुभव भयो तर टिन एजर हरुलाई त्यसो नहोला । दश सेकेण्ड हाराहारी पछी सुरु हुने नृत्य लोभ लाग्दो छ । नृत्यांगना का हरेक मुभमेन्टहरु मोर्डन र ग्ल्यामर छन । रफटफ लुक्सले गर्दा नाच्ने मोडल (स्वस्तिमा खड्का) लाई नियालेर हेर्ने मान्छेले गीत सुन्न विर्सीसकेको हुन्छ । सालिन तरिकाले पस्कीएको सेक्सी डान्स मुभ हरु सह्रानिय छन । हेरीरहुँ लाग्ने छन ।

#Video on Youtube via Shiva Pariyar's channel

शिव परियारका श्रोता हरु त्यती धेरै छैनन । यो भन्दा अगाडी जुलाई ११ तारीक अपलोड गरिएको गीतको भिडीयोमा प्रियंका कार्कीले अभिनय गर्नुको बाबजुत त्यो भिडीयोले सात लाख हाराहारी मात्र भ्यु पाएको छ ।

यो पटकको प्रयोग शिव परियारको लागी चुनौति नै हो । आफ्नो फरक धारबाट बाहिर गएर गीत गाउनु जुनसुकै गायक लाई चुनौतिकै कुरा हो । जे भएपनि शिव परियारले नयाँ प्रयोग गरेका छन र उनका दर्शकको दायरा बढाउने उनको यो प्रयाश सह्रानिय नै मान्नु पर्छ ।

शिव परियारको मौलिक स्वाद का पारखी हरुले यो भिडीयो पक्कै हेर्नेछन भलै उनिहरुले पुरा भ्यु लेन्थ नदिउन तर टिन एजर युवा पुष्ताले भने पुरा भिडीयो हेर्ने छन । गीतको विच विचमा छिराईएको शिव परियारको दृष्य पनि ठिकै छ । उनको नयाँ गेटअपले श्रोता दर्शकलाई प्रभावित पार्नेछ भन्ने कुरामा आशावादी हुन सकीन्छ ।

यो प्याटर्नका भिडीयो हरु अष्ट्र्लिया वेष्ड च्यानल हरुमा हाल्दा आदरणीय गीतकार एक नारायण भण्डारीज्युका गीत हरु ६ महिनामा ५० लाख माथी भ्यु गएको युट्युबमा देख्न सकीन्छ । यो गीत शिव परियारको आफ्नै च्यानल बाट सार्वजानीक भएको कारण समग्र भ्यु लाई च्यानल एक्टीभीटी - लाईक्स,डिस्लाईक,कमेन्ट र डिस्कसनहरुले पनि प्रभावित पार्ने हुँदा अन्य च्यानलको तुलनामा केही कम गए पनि पहिलो महिना १५ लाख भ्यु क्रस गर्ने अनुमान लगाउन सकीन्छ ।