डिजेलबाट चल्ने गाडी अहिले किन्ने कि नकिन्ने ?
बेलायतमा भर्खरै सन् २०४० बाट डिजेल र पेट्राेलबाट चल्ने गाडीहरू पूर्ण रूपमा बन्द गरिने भनिएकाे छ । त्यसकाे मतलब अहिलेबाटै पेट्राेल तथा डिजेलबाट चल्ने गाडीहरू किन्न बन्द हुन्छ भन्ने हाेइन, न त तिनिहरूकाे विक्रि नै बन्द हुनेछ र २३ वर्षपछिसम्म चल्ने किसिमले अहिले कसैले गाडीहरू किन्दा पनि किन्दैनन् । वर्ष-वर्षमा गरी बढ्दै जाने राेड ट्याक्सकाे साथै अतिरिक्त रूपमा विकसित हुँदै आएका नयाँ गाडीहरूमा भएका प्रविधिले गर्दा पनि आम क्रेताहरू निम्ततम रूपले दश वर्षभित्र गाडीहरू बदल्ने गर्दछन् । त्यसमा पनि पी.सी.पी अन्तर्गत लिइने गाडीहरूले त हरेक तीन वर्षमा, उही किस्तामा नयाँ गाडी फेर्ने माैका दिन्छ । तर ०४०मा डिजेल तथा पेट्राेल गाडीहरूमा पूर्ण राेक लगाइने भए तापनि यही वर्षदेखि बिस्तारै कानूनमा नयाँ परिवर्तनहरू हुँदै छन् र ती नयाँ नीतिहरूले डिजेलबाट चल्ने गाडीहरूका मालिकहरूलार्इ प्रत्यक्ष्य रूपमा असर पार्ने देखिएकाे छ ।
खासगरी डिजेल गाडीहरू पर्यावरणकाे लागि पनि कम प्रदुषित र 'पावर' तथा 'रनिङ-कस्ट'काे मतलवमा पनि उपयुक्त मानिएकाे भए तापनि नयाँ नीतिहरूकाे ज्यादा चाेट यिनै गाडीवाहकहरूलाई लगाइने पक्का निर्णय नीतिकारहरूबाट तय गरिएकाे लाग्दछ । सरकारबाट भर्खरै खुलासा गरिएकाे नीतिअनुसार ०४० बाट बेलायतमा निर्माण गरिने तथा आयात गरिने गाडीहरू पूर्ण रूपमा विजुलीबाट चल्ने हुनेछन् । वर्षेनी 'एयर-पाेलुसन'काे सम्वन्धित कारणबाट बेलायतमा ४०,००० ज्यान गएकाे बताइएकाेले, त्यसैलाई जुध्न पनि सरकार अत्यन्तै गम्भीर भर्इ साे निर्णयलार्इ सार्वजनिक गरेकाे हाे । हुन त याे कदम जर्मन र फ्रान्सकाे उस्तै कदमपछि आएकाे हाे ।
अचानकै सरकार किन खासगरी डिजेल गाडीहरूकाे विपक्षी भयाे त? दशकाैं अगाडिदेखि सरकारद्वारा नै आम जनतालाई यसकाे विक्रिवितरण तथा प्रयाेग गर्न वास्तवमा पेट्राेलबाट चल्ने गाडीहरूभन्दा डिजेल गाडीले २० प्रतिशतले सी.ओ.टु. इमिशनकाे कम उत्पादन गर्ने र २० प्रतिशत कम इन्धन खपत गरी किफायती हुने तथ्यबाट प्रभावित भएर नै सुझाएकाे हाे । दुषित पर्यावतरणबाट माैसममा हुने परिवर्तनलाई जाेगाउने तत्कालीन ती नै उपयुक्त माध्यम मानिएकाे थियाे । डिजेलबाट चल्ने गाडी चालकहरू, थाेरै राेड-ट्याक्स र कम कम्पनी-कार-ट्याक्सका साथै इन्धनमा हुने व्यापक खपतले निक्कै नै खुशी भए र कालान्तरमा डिजेल गाडीहरू बेलायतमा आम बन्याे । एक तथ्याङ्कअनुसार बेलायतमा अहिले एक कराेडभन्दा ज्यादा डिजेलबाट चल्ने गाडीहरू छन् ।
युराेपीयन कमिशनले बेलायतलाई पर्यावरण प्रदुषणकाे सीमा अतिक्रमण गरेकाे भनेर मुद्दा हालेकाेले पनि बेलायत सरकारलार्इ प्रदुषित पर्यावरणसम्भवन्धी याेजनामा गम्भीर हुनुपर्ने वाध्यता अाइलागेकाे छ र त्यसैकाे लागि तीन बिलियन पाउण्डका याेजना अगाडि ल्याएर सरकारले साेही मुद्दालाई सम्वाेधन गर्न लागेकाे हाे ।
डिजेल इन्जिनले वातावरणमा 'नाइट्राेजन-अक्साइड'काे उत्पादन गर्दछ र त्याे नै प्रदुषित पर्यावतरणकाे एक प्रमुख कारण हाे भन्ने आाम रूपमा मानिएकाे छ । त्यसैले डिजेलबाट चल्ने पुराना गाडीहरूमा लाग्ने राेड-ट्याक्समा अतिरिक्त रूपमा वृद्धि गरिनुका साथै नयाँ गाडीहरू अब पेट्राेल गाडीसरह नै उही ट्याक्स-व्याण्ड लगाइने भएकाे छ । तर डिजेलका नयाँ निर्माण गरिएका कारहरूले जम्म ९९ ग्राम प्रति किलाेमीटरकाे दरमा सी.ओ.टु. इमिशन उत्पादन गर्ने भएकाेले त्यस्ता गाडीहरूमा भने अद्यापि कर छुट छ र त्यही परम्पराहरू केही अवधिसम्म कायमै रहने पक्का छ । तर नयाँ गाडीहरू किन्न नसक्ने क्रेयशीलता भएका आम नागरिकहरू बेलायतमा बाक्लिएका छन् । यस अर्थमा राेड-ट्याक्सकाे हकले डिजेल गाडी किफायती रहेन र निश्चय नै विस्तारै डिजेलकाे भाउ पनि नबढाउलान् भन्न सकिँदैन । डिजेल गाडीकाे प्रयाेगलाई बिस्तारै आम मनमाा 'अरूचिकर' बनाउने त्यस्ता प्रशस्तै उपायहरू छन् र ती उपायहरू सतही नहाेलान् भन्न सकिँदैन । थाेत्रा गाडीहरूलाई सरकारी अन्त्यमा अर्थात् सन् २०४० तिर केही रकम दिएर या इलेक्ट्रिक कार किन्नमा केही रकम मिनाहा गरेर प्रयाेगकर्ताहरूलाई उत्साहित बनाउने याेजना सरकारसँग नभएका पनि हाेइनन् ।
युराे-५ नयाँ प्रावधान हाे, जाे 'युराेप वाइड इमिशन स्टाण्डर्ड' नयाँ विकसित मापन हाे । सन् २०११ देखि बन्ने डिजेलका गाडीहरूका निर्माताहरूले यही युराे-५ काे मापनलाई आधार बनाएका छन् । साेही मापन अर्थात् इमिशन सीमा ०.१८ ग्राम प्रति किमीमा उपयुक्त मानिनकाे लागि डिजेल गाडीहरूमा 'डिजेल पर्टिकुलेट फिल्टर्स (डीपीएफ)' जडान गरिनु पर्ने हुन्छ, जसले ९९ प्रतिशत मापनकाे निगरानी गर्न सक्दछ । आर.ए.सी. तथा ए.ए.ले जनाएको अनुसार, तर अहिले सन् २०१५ देखिका नयाँ गाडीहरूमा युराे-६ नीतिलार्इ अपनाइएका छन्, जसमा 'डीपीएफ' त जडान गरिएकै हुन्छन् नै तर अझ थप रूपमा ती इन्जिनहरूमा त्यस्ताे 'व्यवस्था' गरिएकाे हुन्छ, जसले सी.ओ.टु.बाट निस्कने एन.ओ.एक्स.लाई हानिकारक नाइट्राेजन र पानीमा परिवर्तन गरिदिन्छ डिजेल इन्जिनकाे लागि र त्यसैले साे अर्थमा ती गाडीहरूले उत्पादन गर्ने एनओएक्स ०.०८ ग्राम प्रति किमीभन्दा ज्यादा हुँदैन ।
भर्खरै भएकाे राेड-ट्याक्सकाे परिवर्तनमा जाे सी.ओ.टु. इमिशन लेभल ९९ ग्राम प्रति किमी र त्याेभन्दा कमलाई कर मुक्ति दिइएकाे थियाे तर अब अर्थात् गत ०१ अप्रिलबाट भएकाे नयाँ नीतिअनुसार, ४०,००० पाउण्ड पर्ने गाडीहरू नै जीराे इमिशन कार हुन् जुन पूर्ण रूपका इलेक्ट्रिकल कारह हुन् र ती नै सडक कर-मुक्त कार हुन् । १० पाउण्ड कर सी.ओ.टु. आउटपुट १ देखि ५० ग्राम भएका कारहरू र २००० पाउण्ड कर सी.ओ.टु. आउटपुट २५५ ग्रामभन्दा ज्यादालाई लाग्ने भएकाे छ र साधारणतया ४०,००० भन्दा कम मूल्यका गाडीहरूमा एक रूपले १४० पाउण्ड ट्याक्स लाग्ने भएकाे छ । हाइब्रिड कारहरूलाई साे दरमा १० पाउण्डकाे छुट हुने भएकाे छ ।
लण्डनभित्र, सन् २००६मा दर्ता भएका कारहरू 'युराे-४ एन.ओ.एक्स. स्टाण्डर्ड'मा नपर्ने भएकाेले ती कारवालाहरूले यही अक्टाेबरदेखि 'टक्सिसिटि-चार्ज' तथा 'टी-चार्ज' तिर्नुपर्ने भएकाे छ । लण्डनकाे समस्त कन्जेस्सन-चार्ज-जाेनमा चाैबिस घण्टाकाे लागि याे १० पाउण्डकाे अतिरिक्त चार्ज हाे । सने २०१९ देखि लण्डनमा नयाँ 'अल्ट्रा लाे इमिशन जाेन (यूएलइजेड)' हरू बनाइने छन् र ती जाेनहरूमा युराे-६ डिजेल गाडीहरू अनि युराे-४ पेट्राेल गाडीहरूले १२.५० पाउण्ड तिर्नुपर्ने हुन्छ । सन् २०१५ काे सेप्टेबरभन्दा अगाडि बेलायतमा दर्ता भएका डिजेलबाट चल्ने गाडीहरू र सन् २००६ भन्दा अगाडि दर्ता भएका पेट्राेलबाट चल्ने गाडीहरू याे नीतिबाट प्रभावित हुनेछन् । र बेलायतका अन्य शहरहरूमा बिस्तारै साे नीति लागू गरिँदै लगिने बताइएकाे छ ।
लण्डनका कतिपय सडकहरूमा आउँदाे तीन महिनाभित्र एयर क्वालिटि चार्ज लाग्ने भएकाे छ भने एउटा काउन्सिलले दुई वर्षभन्दा पुरानाे डिजेलका कारहरूमा प्रतिघण्टा २.४५ पाउण्डका दरले एयर क्वालिटि चार्ज शुरू गरिसकेकाे छ । बेलायतका धेरै शहरहरूले सन् २०१९ बाट क्लिन एयर जाेन शुरू गर्ने भएकाे छ जसअन्तर्गत दुई वर्षभन्दा पुराना डिजेलका गाडीहरूलाई निम्नतम १० पाउण्द प्रतिदिनकाे दरले चार्ज गर्ने भएकाे छ । माथि नै भनिसकिएकाे छ, कि अर्काे दुई वर्षभित्र बजेटबाट सरकारले अतिरिक्त रूपमा डिजेलकाे भाउ तथा कारमा ट्याक्स बढाउने भएकाे छ र त्यसकाे साथै बेलायतकाे मुख्य ८१ वटा मुख्य सडकहरूमा त्यस्ता पुराना डिजेल गाडीहरूलाई गुडाउनदेखि प्रतिवन्ध लगाउने भएकाे छ । वर्मिङ्घाम, लीड्स, नटिङ्घाम, डर्वी र साउथह्याम्टनमा यही वर्षदेखि नै टी चार्ज लगाउने याेजना डिपार्टमेन्ट अफ इन्भाइरनमेन्टकाे रिपाेर्टमा जनाइएकाे छ । त्यस्तै बेलायतकाे व्यस्त तथा ठूलाे एयरपार्ट हिथ्राेले इमिशन चार्ज लगाउने भएकाे छ, जुले मुख्य रूपमा डिजेल गाडीहरूलार्इ प्रभाव पर्ने देखिन्छ ।
बताइएअनुसार, अहिले नै डिजेलका नयाँ गाडीहरूकाे विक्रिवितरणमा धेरै नै कमी अाएकाे छ भने सेकेण्डह्याण्ड कारहरूकाे विक्रि त झन्र नराम्ररी झरेकाे छ । जुन अनुपातमा डिजेलका गाडीका भाउहरू केही पुरानाे हुनासाथ घट्ने गर्थ्याे, त्यसकाे अनुपातमा पत्याउनै नसकिने गरेर भाउ घटेकाे छ । लगभग सात हजार पाउण्डमा बीएमडब्लू थ्री सेरिज ३२० डी एम स्पाेर्ट, २ ली. सन् २०१३मा दर्ता भएकाे जम्मा ७०,००० माइल चलेकाे सेलुन कार पाउन थालिएकाे छ भने यसरी घट्ने क्रम जारी छ ।