८१,००० पाउण्ड सरकारी सुविधामा छल, मुश्किलले हिँड्ने महिला, जलक्रिडामा मस्त
बेलायतमा बेनेफिट सिस्टममा प्रशस्तै लूपहाेलहरू भएकाे विभिन्न समाचारहरूबाट सर्वविदितै भएकाे छ । युराेपीयन युनियनबाट बेलायत अलग हुन खाेज्ने अन्य कारणहरूमा बेलायतकाे बेनेफिट सिस्टममा युनियनका अन्य नागरिकहरूबाट दुरूपयाेग गरिएकाे भन्ने पनि एक हाे । लेबाेर पार्टीकाे भाेट तथा मत बटुल्ने आकांक्षाकाे अतिवादी शिकार भएकाे मानिएकाे बेनेफिट लूपहाेलका प्रशस्तै उदाहरणहरू देख्न तथा सुन्न पाइन्छ । निश्चित उमेर पुगेका बालबालिकाहरूलाई छुट्टै काेठा उपलब्ध गराइनु पर्ने प्रावधानकाे आडमा बेराेजगार दम्पतीहरूले एकपछि अर्काे सन्तान उत्पादन गर्दै तिनै सन्तानकाे कमाइबाट भएकाे चाइल्ड बेनेफिट र स्पेसियस अकाेमाेडेसनकाे मस्ती लिएका समाचारहरू धेरै पढियाे । मूलधारका समाचारहरूमा अर्काे राष्ट्रबाट आएका आप्रवासीहरूउपर ओइरिने त्यस्ता आराेपहरूकाे लहरमा बेलाबेला बेलायती मूलधारका नागरिकहरूका कर्तुतहरू पनि पढ्न तथा देख्न पाइन्छ ।
याहूलगायत अन्य समाचारहरूमा एक महिला जाे मुश्किलले हिँड्न सक्ने भन्दै ८१,००० पाउण्ड रकम डिसेवल बेनेफिटअन्तर्गत लिने गर्थिन्, लाई मालदिभ्समा गर्मीकाे छुट्टी मनाउन जाने क्रममा समुन्द्रमुनि गाेताखाेरी गरिरहेकाे तस्वीरकाे आधारमा भर्खरै पुलिसले हिरासतमा लिएकाे छ ।
५८ वर्षीया लिण्डा हाेए नामक महिलाले डिसाविलिटि लिभिङ अलाउन्स अन्तर्गत ६५,२४४ पाउण्ड लिनुका अतिरिक्त साेही डिसाविलिटि अन्तर्गत व्याज राखी पार्किङ तथा एम ६ काे टाेल चार्जहरू वापत १५,६९० पाउण्ड, विगत १४ वर्षदेखि छलिरहेकी बताइएकाे छ । समाचारमा बताइएअनुसार हाेइले आफूलाई डिजेनेरेटिभ आर्थरिज र व्याक पेनकाे समस्या भएकाे र जसले गर्दा उनी एक मिनेटमा एक मीटर मात्र हिँड्न सक्ने अनि आफ्ना दुई हात तथा पाखुरालाई टाउकाेभन्दा माथि उचाल्न नसक्ने अवस्थालाई काउन्सिलमा दर्ता गराएकी थिइन् ।
अदालतमा भएकाे सुनुवाइमा हाेएकाे, विलियर्ड खेल्दै गरेकी र छाेरीकाे विवाहमा निहुरिएकी तस्वीरहरू सार्वजनिक गरिएका थिए । उनी जिम तथा ब्याडमिन्टन काेर्टकाे नियमित सदस्य भएकाे प्रमाण पनि अदालतमा पेश गरिएकाे थियाे । अदालतले लिण्डा हाेएलाई सन् २००१ र २०१५ सम्म बेनेफिट क्लाइममा छल गरेकाे तथा सन् २००४ देखि २०१५ सम्म एम ६काे सडक कर छलेकाेमा अपराध प्रमाणित गरेकाे छ । प्राेसेक्युटर एन्थाेनी कार्टिनले अदालतमा न्यायधीसलगायत उपस्थित सहभागीहरूतर्फ इङ्गित गर्दै भनेका थिए लिण्डा हाेएले तपाई, मलगायत हामीलाई ढाँटेर हाम्राे भागकाे पैसा ठगेकी छिन् । तर हाेएले आफूले नढाँटेकाे र डिसाविलिटि धेरै कष्टकर भएकाे बताएकि थिइन् ।
डिपार्टमेन्ट फर वर्क तथा पेन्सनलाई मिलेकाे सूचनाअनुसार पुलिसले गत फेब्रुवरीमा उनकाे घरमा प्रवेश गरेकाे थियाे, हाेए माथिल्लाे तलाबाट ढाेका खाेल्न स्वयं आएकी थिइन् । उनकाे घरमा डिसाविलिटि अडाप्सनका कुनै व्यवस्था थिएन । काउन्सिलले बिनाकुनै खाेजतलास उनकाे क्लाइमलाई स्वीकार गरेकाे आराेप पनि त्यहाँ नै लगाइएकाे थियाे ।
डीडब्लूपीकाे प्रवक्ताका अनसार निकै नै सानाे संख्याका मानिसहरूले यसरी बेनेफिट चिट गरेकाे तर तिनलाई यसरी नै पर्दाफास गर्दै करदाताहरूकाे करकाे सही सदुपयाेग गर्न डिपार्टमेन्ट सँधै प्रतिवद्ध रहेकाे छ ।