बेलायतमा नेपाली माेडेलिङमा व्यावसायिकताकाे शुरूवात
लण्डन। बेलायतमा भइरहने विभिन्न प्रकारका प्रतियाेगिताहरूमध्ये यूके डान्स अफ नामक नृत्यमा अाधारित प्रतियाेगिता हाे, जाे बेलायतमा मनाेरन्जनात्मक कार्यक्रमहरू गर्नेमा ख्याती कमाएकाे सपन इन्टरटेनमेन्टले सन् २०१६बाट शुरू गरेकाे हाे । अन्य प्रतियाेगिताहरूमा जस्तै विजेताहरूलार्इ केही रकम र ट्रफी दिइने परम्परालार्इ यूके डान्स अफकाे दाेस्राे चरणबाट व्यावसायिकतामा ढालेकाे छ सपन इन्टरटेनमेन्टले । पहिलो पटक यूकेमा आयोजना गरेको उक्त ‘यूके डान्स अफकाे २०१६’ को उपाधि जेनी सुनुवारले हात पारेकिथिर्इन् । सामुयल कोडी स्पोर्टस सेन्टर, फार्नबोरोमा आयोजित साे प्रतियोगितमा ८ जना प्रतिस्पर्धीहरु रहेका थिए। प्रतियोगितामा प्रथम हुने जेनी सुनुवारले १२ सय पाउण्ड र यूकेमा प्रसारण हुने नेपाली टीभीको बक्स साथै एक बर्षसम्म नि:शुल्क हेर्नको लागि सप्स्कृप्सन्, दोश्रो हुनेले ८ सय पाउण्ड र तेश्रो हुनेहरुले संयुक्त रुपमा ५ सय पाउण्ड नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेका थिए।

त्यसरी खासगरी बेलायतकी नेपाली युवाहरूबीच अाफ्नाे पहिलाे वर्षबाटै ख्याती कमाउन सफल भएकाे यूके डान्स अफ याे वर्ष पनि उस्तै प्रकारले नृत्यहरूकाे प्रतियाेगिता गरी सम्पन्न भएको छ । ‘युके डान्स अफ २०१७’ नाम दिइएको उक्त कम्पिटिसनमा यूके डान्स अफ २०१७ को उपाधि जसिता गुरुङले जितेकी छन् । गत हप्ता प्रिन्सेस हल अल्डरसटमा आयोजित उक्त प्रतियोगितामा १३ अन्य प्रतिस्पर्धीलाई उछिनेर जसिताले पहिलो उपाधि जितेकी हुन् । उपाधिका साथमा जसिताले १२ सय पाउन्ड नगद पार्इन् । प्रतियोगितामा फस्ट रनर अपको उपाधि महिलाहरूको समूह ‘एआइएमरूप’ ले जित्यो भने सेकेन्ड रनर भइन् सरिना गर्बुजा भर्इन् । दोस्रो हुने टिमले ८ सय पाउन्ड र तेस्रो विजेताले ५ सय पाउन्ड नगद जिते ।
५ सय बढीको सहभागिता रहेको उक्त कार्यक्रममा मञ्जु गुरुङ राईले स्वागत मन्तव्य दिएकी थिइन् । आयोजक सपनकुमार राईले बेलायतस्थित नेपाली युवाको प्रतिभा उजागर गर्न जारी राखिएकाे याे प्रतियोगिता गत वर्षभन्दा उत्कृष्ट बनेको दाबी गरेका थिए ।

साेही प्रतियाेगितामा अाफ्ना नृत्यहरूकाे सफल प्रदर्शन गर्ने बिजेता जसिता गुरुङ र नायिका मेरुना मगर बेलायतमा व्यवसायिक रुपमा निर्माण हुने बिज्ञापनमा अनुबन्धित भएका छन् । भिजन संसारले ए स्टार फाइनान्सियल सोलुसन्स यूकेको विज्ञापन निमार्ण गर्न जसिता र मेरुनालाई मंगलबार वेम्वलीको एस्टार कार्यालयमा औपचारिक रुपमा अनुबन्ध गरेको हो ।

यूके डान्स अफ २०१७की बिजेता जसिता गुरुङले अन्य विधामा प्रस्ताव आए पनि विज्ञापन नयाँ भएकोले उत्साहित भएको प्रतिकृया दिर्इन् भने यसअघि नै ठूला पर्दाको फिल्ममा काम गरिसकेकी नायिका मेरुना मगर पनि बेलायतमा व्यवशायिक बिज्ञापनमा खेल्न पाउनु नयाँ अवसरको रुपमा लिएकी बतार्इन् । त्यस्तै, भिजन संसारका निर्देशक तथा कलाकार सनम बैरागले बेलायतमा पहिलोचोटी व्यवसायिक रुपमा विज्ञापन बनाउने अवसर पाएकोमा खुशी हुँदै श्रृजनात्मक कामको लागि प्रोत्साहन दिने ए स्टारलाई धन्यवाद दिएकाछन् । ए स्टार सोलुसन्सका निर्देशक मीन दर्लामीले आफूहरुको ब्राण्ड प्रमोशन मात्र नभएर समाजिक उत्तरदायित्वसमेत वहन गरेको जिकीर गरेकाछन् ।

बिज्ञापन अनुबन्धको हस्ताक्षर कार्यक्रममा ए स्टार सोलुसन्सका रमेश सारङ्कोटीले सहजीकरण गरेका थिए भने ए स्टारका कुमार गुरुङ, रबिन्द्र श्रेष्ठ , सपन ईन्टरटेन्मेन्टका सपन राई , मन्जु गुरुङ , कलाकार सुस्मिता थापा , भिजन संसारका अभिमन्यु वैराग र दुबै कलाकारका अभिभावकहरुसमेत उपस्थिति रहेकाे थियो । करीव १ मिनेटको हुने बिज्ञापनमा मेरुना र जेसिताबाहेक जेसन लिम्बूले पनि साथ दिनेछन् । बिज्ञापनको मार्केटिङ भने साउथ ह्यारोमा रहेको एक्सप्रेस स्टुडियोे संचालन गर्दै आएको क्लिक टु रिच लिमिटेडले गर्नेछ ।
तस्वीर एक्स्प्रेस स्टुडियाे,