लण्डनमा फेरि तेजाव हमला - Kathmandu Daily

लण्डनमा फेरि तेजाव हमला



हिजाे राति पूर्वी लण्डनकाे पाँचवटा स्थानमा ९० मिनेटभित्र तेजाव हमला भएका छन् । रातकाे १०३०, १०५०, ११०५, ११२० र ११३७ बजे गरी पाँचवटा स्थानमा भएकाे तेजाव हमला बताइएअनुसार दुर्इ जनाले पूर्वी लण्डनकाे ह्याक्नीमा एक वर्षाीय व्यक्तिलार्इ तेजाव छर्की उक्त व्यक्तिकाे डिलिभरी माेपेड खाेसेर शुरु गरेका थिए र पुलिसले सार्वजनिक गरेकाे समाचारअनुसार तीमध्य एक जनालार्इ पुलिसले हिरासतमा लिइसकेकाे छ । पाँचवटा स्थानमा भएकाे तेजाव घटनामध्य एक जनाकाे हालात गम्भीर किसिमकाे बताइएकाे छ ।

अहिलेसम्म घाइतेहरु तथा हमलावरहरुका परिचय नखुलाइएकाे भए तापनि सर्वत्र ब्रेक्जिटपछि या म्यान्चेष्टर बमब्लास्ट लण्डन हमलापछि फिन्स्बरी पार्ककाे सीकाे गर्दै गत २१ जुनमा रेशम खान नामकी एक उदयीमान माेडेलकाे २१ अाै‌ जन्मदिनमा सल्फुरिक एसिड फ्याँकेर हमला गरिएकाे थियाे । उनी अाफ्ना अाफन्त जमील खानसँग कारभित्र थिर्इन् । कुनै राष्ट्रिय समाचारमा उल्लेखनीय रुपमा नअाएकाे साे घटनालार्इ सराेकार वृत्तमा गम्भीर रुपमा हेरिएकाे छ ।



स्मरणीय छ बेलायतमा ब्रेक्जिट पक्षकाे जीत भएलगत्तै विभिन्न स्थानमा अन्य समुदायहरुउपर खासगरी पाेलिस र मुशलमानहरुउपर धेरै प्रकारका भेदभावलगायतका घृणाजन्य अपराधहरु ह्वात्तै बढेका छन् ।



नजानिँदाे किसिमले अहिले लण्डनमा खतरा बढेकाे छ । हूलमुलमा खास नहिँड्न विशेष गरी पुलिसबाट अाह्वान गरिएकाे अवस्था एकातिर छ भने पर्यटकीय नजरमा उल्लेखनीय मानिएका स्थानहरु सरकारी तवरका विशेष धराेहरहरुलगायत समूलतः स्थानीय अँग्रेजहरु बसेर रमाइलाे गर्ने पव तथा वारहरुबाट पर बस्नुपर्ने हालात विगतका घटनाहरुले सूचित गरेकाे अवस्था एकातिर छ भने अर्काेतिर मुश्लिम समुदायहरुकाे चहलपहल हुने स्थानहरु वा तीहरुकाे अाडमा नहिँड्नुमा पनि समयसापेक्ष वुद्धिमता देखिएकाे छ । लण्डनस्थित लिटल पाेल्याण्ड मानिने एक्टन र डाल्स्टन एरियामा हिँड्दा विशेष ध्यान दिएर अचेल हिँड्नुपर्ने भएकाे छ । जति-जति ब्रेक्जिट विषयले विशेष माेड लिँदै जान्छ, लण्डनवासीहरुले अाफ्नाे वेलफेयरकाे अाफैले विशेष रुपले ध्यान दिनु जरुरी छ ।

याे पनि हेर्नुस् :

https://www.youtube.com/embed/6qbIZ0M-Yeg
#Video on Youtube

https://www.facebook.com/onthebusesuk/videos/459515601075263/
#Video on Facebook

http://www.youtube.com/embed/4GXP7eFdNXs
#Video on Youtube

Source : Metro